प्रदेश २ : बिहीबार एकैदिन २५२ जनामा कोरोना पुष्टि (हेर्नुस् पुरा डिटेल)


टुडेखोज/ जनकपुरधाम : प्रदेश २ मा बिहीवार २५२ जनामा कोरोना पुष्टि भएको छ । योसँगै यस प्रदेशमा संक्रमितको संख्या १० हजार ८०८ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार सबभन्दा बढी पर्सामा ६९ जना संक्रमित थपिएका छन् । यस्तै धनुषामा ६३ जना, महोत्तरीमा १९ जना, बारामा २५ जना, सर्लाहीमा ३० जना र रौतहटमा ४६ जना संक्रमित थपिएका हुन् ।

जनकपुरस्थित प्रदेशसभामा स्वाब संकलन गरिकामध्ये ११ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै लक्ष्मीनियाँ हेल्थ पोष्टका २ जना र जनकपुर बेला क्वारेन्टाइनका ५ जनामा समेत कोरोना पुष्टि भएको छ । यस्तै गणेशमान चारनाथ नगरको जुडि हेल्थ पोष्ट विरेन्द्रबजारका १९ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा यस प्रदेशमा मात्र एक जनाले ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार सप्तरीको राजविराज नगरपालिका ७ का ५५ वर्षीय पुरुषको कोरोनाले ज्यान लिएको छ ।

यस्तै संक्रमितमध्ये १८३ जना निको भई घर फर्केका छन् । जसमध्ये ८ जना महिला समेत रहेकी छन् ।

हेर्नुस् पुरा डिटेल :

CamScanner 09-03-2020 16.43.50
CamScanner 09-03-2020 16.43.50
प्रकाशित : २०७७ भाद्र १८, बिहीबार १७:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ