प्रदेश २ का मुख्यमन्त्री राउतलाई कालोझण्डा देखाइयो, यस्तो छ आरोप


जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई रौतहटमा कालोझण्डा देखाइएको छ । रौतहटका पुजारी श्रीराम साहको हत्यारालाई बचाउने षड्यन्त्र गरेको आरोप लगाउँदै मुख्यमन्त्री राउतले एक समूहले कालोझण्डा देखाएका हुन् ।

‘पुजारी श्रीराम साहको हत्यारा बचाउने षड्यन्त्र बन्द गर’ ब्यानर बोकेका करिब ३०/४० जनाको समूहमा रहेका व्यक्तिहरुले मुख्यमन्त्री राउतलाई कालोझण्डा देखाएका छन् । उनीहरुले मुख्यमन्त्री राउतविरुद्ध नाराबाजी समेत गरेका थिए ।

मुख्यमन्त्री राउत हत्या भएका निरञ्जन राम र हिरासतमा प्रहरीको यातनाले ज्यान गएको विजय रामको परिवारलाई भेट्न रौतहत पुगेका थिए ।

१४ दिन अगाडी पुजारी साहको एक समूहले गोली हानेर हत्या गरेको थियो । हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान तथा कारबाही अगाडी बढाइसकेको छ । हत्यामा संलग्न केहि व्यक्ति अझै फरार रहेको र उनीहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ भाद्र १८, बिहीबार १७:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ