विजय रामको मृत्यु प्रकरण : रौतहटका एसपी खड्काको जिम्मेवारी खोसियो


रौतहट : जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काको जिम्मेवारी खोसिएको छ । इलाका प्रहरी कार्यालय, गरुडाको थुनामा रहेका अभियुक्तलाई प्रहरीले यातना दिएको पाइएपछि एसपी खड्कोको जिम्मेवारी खोसिएको हो ।

एसपी खड्कालाई प्रहरी प्रधान कार्यालय, नक्सालमा तानिएको छ । उनको ठाउँमा एसपी सिद्धिविक्रम शाहको काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

गृह मन्त्रालयले गठन गरेको छानविन समितिको प्रारम्भिक अनुसन्धानले पनि प्रहरीले यातना दिएको देखाएको स्रोतको दावी छ । अभियुक्तलाई यातना दिने प्रहरी निरीक्षक नविनकुमार सिंह, हवल्दारद्वय मुन्नाकुमार सिंह र फिरोज मियालाई निलम्बन गरिसकेको छ ।

निलम्बित इन्सपेक्टर सिंह र हवलदारद्वय प्रहरी जिल्ला प्रहरी कार्यालय, रौतहटमा कार्यरत थिए । उनी तिनैजना ईलाका प्रहरी कार्यालय गरुडा पुगेर निरञ्जन रामको हत्या आरोपमा पक्राउ परेका विजय रामलाई यातना दिएको थियो । चरम यातनाकै कारण विजयको मृत्यू भएको बताइएको छ ।

इलाका प्रहरी कार्यालय, गरुडाका डीएसपी ज्ञानकुमार महतोलाई भने प्रदेश २ प्रहरी कार्यालयमा तानेर छानविन गरिरहेको छ । हाल उनको ठाउँमा डीएसपी नरेन्द्र कुँवरलाई पठाइसकिएको छ ।

प्रकाशित : २०७७ भाद्र १८, बिहीबार १९:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ