सप्तरीका दुई कोरोना संक्रमित पुरुषको धरानमा ज्यान गयो


टुडेखोज/ विराटनगर : सप्तरीका दुई कोरोना संक्रमितको ज्यान गएको छ । बिहीबार दिउँसो एक घण्टाको अन्तरमा सप्तरी राजविराज ७ का ५५ वर्षीय र ५० वर्षीय पुरुषको ज्यान गएको हो ।

उनी दुबै जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको छ । प्रतिष्ठाको कोभिड उपचार केन्द्रमा उपचारका क्रममा उनी दुबै जनाको ज्यान गएको प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले जानकारी दिए ।

५५ वर्षीय पुरुष ७ भदौमा र ५० वर्षीय संक्रमित पुरुष बिहीबार नै प्रतिष्ठानमा भर्ना भएका थिए । प्रतिष्ठानका प्रवक्ता डा सापकोटाका अनुसार उनी दुबै जनामा मधुमेहको समस्या थियो ।

प्रकाशित : २०७७ भाद्र १८, बिहीबार १९:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ