रौतहटको गरुडामा झडप : प्रहरीद्वारा अश्रुग्यास प्रहार, ६ जना घाईते


टुडेखोज/ रौतहट : रौतहटको गरुडामा आज भएको प्रदर्शनका क्रममा झडप भएको छ । प्रहरी हिरासतमा यातना दिएका कारण विजय रामको मृत्यु भएको विरोधमा प्रदर्शनमा उत्रेका प्रदर्शनकारीहरु र प्रहरीबीच झडप भएको हो ।

इलाका प्रहरी कार्यालय गरुडा अगाडि नै झडप भएको छ । उक्त झडपमा चार प्रहरी र दुई प्रदर्शनकारी घाईते भएका छन् । उनका अनुसार उनीहरुको गरुडामा स्थानीय क्लिनिकमा उपचार भइरहेको र अहिले अवस्था सामान्य भएको प्रहरीले जनाएको छ ।

झडप नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड भन्दा बढी अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनकारीले प्रहरी कार्यालयमा ढुंगा हानेपछि प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी भरत श्रेष्ठले जानकारी दिए ।

https://todaykhoj.com/todaykhoj2/18614
प्रकाशित : २०७७ भाद्र १८, बिहीबार १९:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ