धनुषामा अवैध लागूऔषधसहित ‘बौवा’ पक्राउ


टुडेखोज/ जनकपुरधाम : अवैध लागूऔषधसहित धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका ९ राईटोलका बौवा भन्ने २३ वर्षीय दिनेश विक छन् ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धारापानी र ईलाका प्रहरी कार्यालय ढल्केवर धनुषाबाट खटिएको प्रहरीले विकलाई २ सय ग्राम अवैध लागूऔषध गाँजासहित पक्राउ गरेको जनाएको छ ।

विकलाई उनकै घरमा राखेको उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : २०७७ भाद्र १९, शुक्रबार ०८:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ