धनुषा : मदिरा र हरियो मटर तस्करी गर्न लागेका सात जना पक्राउ


टुडेखोज/ जनकपुरधाम : मदिरा र हरियो मटर तस्करी गर्न लागेका सात जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

नगराईन नगरपालिका वडा नम्बर ९ स्थित जटही चोकबाट अवैध रुपमा भन्सार छली भारततर्फ लैजाँदै गरेको हरियो मटर र मदिरासहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत मधुवनीका २१ वर्षीय सन्तोष कुमार महतोसहित ७ जना छन् ।

बिहीबार प्रतिबोरा २५ केजीका दरले २१ बोरा हरियो मटर र ५४ कार्टुन सोफी मदिरासहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुले प्रयोग गरेका ४ वटा मोटरसाइकल पनि बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त सामान र मोटरसाइकलसहित पक्राउ गरेको छ । उनीहरुमाथि स्थानीय प्रहरीले थप अनुसन्धान तथा कारबाही अगाडी बढाएको छ ।

प्रकाशित : २०७७ भाद्र १९, शुक्रबार ०८:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ