धनुषा : मृत फेला परेका भारतीय मजदुरमा कोरोना संक्रमण पुष्टि


टुडेखोज/ जनकपुरधाम : विगत लामो समयदेखि धनुषाको एक कम्पनीमा कार्यरत भारतीय मजदुरको मृत्यूपछि कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षीरेश्वरनाथ नगरपालिका ३ रमदैयास्थित लोमस प्यारेन्टल एण्ड फोर्मुलेशन प्रालिमा कार्यरत ६५ वर्षीय पुरुष कामदारको मृत्यूपछि कोरोना पुष्टि भएको छ । भारतको आन्ध्र प्रदेश घर भएका उनी कार्यरत कम्पनीको निवासमा बुधवार मृत फेला परेका थिए ।

कम्पनीले कोरोनाको लक्षण देखिएको उनको मृत्यू भएको जानकारी प्रशासनलाई गराए । त्यसपछि उनको स्वाब संकलन गरी परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उनको कोरोना परीक्षण प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको थियो ।

महेन्द्रनगर र ईच्छापुरको बीचमा रहेको जलाद नदीमा मृतक मजदुरको शवलाई नेपाली सेनाले सम्मानपूर्वक व्यवस्थापन गरेका छन् ।

प्रकाशित : २०७७ भाद्र १९, शुक्रबार ०९:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ