सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौं : सुनको मूल्य शुक्रबार घटेको छ । छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ९६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य तोलामा ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ९५ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार तेजाबी सुनको मूल्य तोलामा ९६ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य तोलामा १३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : २०७७ भाद्र १९, शुक्रबार १२:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ