जनकपुर : उपचारकै क्रममा डेढ महिने बच्चाको ज्यान गयो, अस्पताल तोडफोडको प्रयास


सिबेन्द्र रोहिता
जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका ८ स्थित जनकपुर श्रीराम हस्पिटल प्रालिमा एक शिशुको मृत्यू भएको छ ।

मिथिला विहारी नगरपालिका ७ का उसमान खातुनका डेढ महिने छोराको अस्पतालमा उपचारकै क्रममा मृत्यू भएको हो । डाक्टरले गतल सुई लगाएकै कारण छोराको मृत्यू भएको उसमानले बताए ।

उनले भने, ‘डिस्चार्ज गर्छु भनेर डाक्टरले भनेको थियो । तर अन्तिम समयमा सुई लगाए लगत्तै मृत्यु भयो ।’

शिशुको मृत्यूपछि अस्पतालमा तोडफोडको प्रयास गरिएको छ । अस्पतालमा अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

अस्पतालमा मृतक शिशुकी आमा बेहोस् भएकी छिन् । उनले लापरबाही गर्ने डाक्टरलाई जेल हुनुपर्ने माग गरेकी छन् ।

यता, अस्पतालका इन्चार्ज अमित कुमारले उपचारमा कुनै लापरबाही नभएको दावी गरे । उनले भने, ‘बच्चालाई आमाले दुध खुवाएकी थिइन् । दुध सास नलीमा गएर मृत्यु भएको हुनसक्छ ।’ उनले छानविनपछि उपचारमा लापरबाही देखिएमा कारबाही भोग्ने पनि बताए ।

प्रकाशित : २०७७ भाद्र १९, शुक्रबार १३:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ