अर्थ मन्त्री युवराज खतिवडाले भने- साँझसम्ममा राजीनामा दिन्छु


काठमाडौं : अर्थमन्त्री युवराज खतिवडाले राजीनामा दिने भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकमा उनले साँझसम्ममा राजीनामा दिने घोषणा गरेका हुन् ।

अर्थ तथा सञ्चार मन्त्रालय सम्हालिरहेका खतिवडाको यही २० गते कार्यकाल सकिँदैछ । राष्ट्रपतिबाट मनोनीत भएर राष्ट्रियसभामा आएका खतिवडाको दुई वर्षे कार्यकाल गत फागुनमै सकिएको हो । तर, संवैधानिक व्यवस्था अनुसार संसद सदस्य नभएको व्यक्ति ६ महिना मात्रै मन्त्री बनेका थिए ।

सरकारबाट बाहिरिए पनि खतिवडालाई प्रधानमन्त्रीको अर्थ सल्लाहकारमा नियुक्ति गर्ने चर्चा चलिरहेको छ । खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासमा पात्र हुन् ।

ओलीले उनलाई पुनः ल्याउन चाहेका थिए । तर, राष्ट्रियसभाको रिक्त पदमा उपाध्यक्ष वामदेव गौतमले फागुन १४ को सचिवालयको निर्णय अनुसार जाने चाहना गरेपछि ओलको चाहाना पुरा हुन सकेन ।

प्रकाशित : २०७७ भाद्र १९, शुक्रबार १४:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ