सिराहा : डिएसपी र इन्सपेक्टरसहित ३४ जना कोरोना संक्रमणमुक्त


टुडेखोज/ लहान : सिराहामा डिएसपी र इन्सपेक्टरसहित ३४ जनाले कोरोना संक्रमणमुक्त भएका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तु जैसवाल र ईलाका प्रहरी कार्यालय गोलबाजारका इन्सपेक्टर जनक पुरी कोरोना संक्रमणमुक्त भएका हुन् ।

यस्तै ईलाका प्रहरी कार्यालय मिर्चैयाकै चार जना प्रहरी र ६ जना थुनुवा पनि कोरोना मुक्त भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । उनीहरु होम आइसोलेसनमा बसेका थिए ।

यस्तै, गोलबजारका इन्सपेक्टर पुरीसँगै अन्य १४ जना समेत आइसोलेसनबाट डिस्चार्ज भएका छन् । महेन्द्र गेनाई कोरोना अस्थायी अस्पतालका इन्चार्ज डा सुभाष मण्डलका अनुसार इन्सपेक्टर पुरी, १२ जना प्रहरी र दुई जना स्थानीय कोरोना जितेर डिस्चार्ज भएका छन् ।

यस्तै चन्द्र माध्यमिक विद्यालय सिराहाको आइसोलेसनबाट विभिन्न स्थानीय तहका ९ जना पनि आजै डिस्चार्ज भएका छन् । मिर्चैया नगरपालिकाका तीन, विष्णुपुर गाउँपालिकाका दुई, सिराहा नगरपालिकाका दुई, नरहा गाउँपालिकाका एक र कर्जन्हा नगरपालिकाका एकजना कोरोना जितेर घर फर्किएको चन्द्र माध्यमिक विद्यालय आइसोलेसन इन्चार्ज डा. सरविन्दर मण्डलले जानकारी दिए ।

महेन्द्र गेनाई कोरोना अस्पतालमा १६ जना र चन्द्र माध्यमिक विद्यालयको आइसोलेसनमा ३९ जना कोरोना संक्रमित उपचाररत रहेको बताएको छ ।

प्रकाशित : २०७७ भाद्र १९, शुक्रबार १५:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ