मन्त्रीहरु हेरफेर हुने हल्लामा सत्यता छैन : प्रधानमन्त्री ओली


टुडेखोज/ काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरु हेरफेर हुने हल्लामा सत्यता नरहेको स्पष्ट पारेका छन् ।

उनले सुनियोजित रुपमा हल्ला फैलाइएको भन्दै त्यसबाट प्रभावित नभई काम गर्न मन्त्रीहरुलाई निर्देशन दिए । मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले मन्त्री हेरफेर हुने हल्लाले तरंगित पार्दै मन्त्रीहरुलाई निराश पारिएको धारणा राखेको एक मन्त्रीले सुनाए ।

ती मन्त्रीले भने, ‘प्रधानमन्त्री ज्यूले बजारमा अनेक हल्ला चलाई मन्त्रीहरुको ध्यान अन्यत्र तान्ने र तरंगित पार्ने काम भइरहेकोमा सचेत हुँदै आफ्नो काममा निरन्तरता दिन आग्रह गर्नुभएको छ ।’

केही दिनयता प्रधानमन्त्रीले मन्त्रीहरू हेरफेर गर्न लागेको चर्चा चलेको थियो । यस्तो हल्ला चलेपछि ओलीले तत्का‌ल मन्त्रीहरु हेरफेर नहुने स्पष्ट पारेका छन् । अहिले नेकपाभित्र मन्त्रि बन्नका लागि दौड शुरु भइसकेको छ ।

प्रकाशित : २०७७ भाद्र १९, शुक्रबार १६:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ