सिरहामा सामुहिक बलात्कार गर्ने समूहका २ जना प्रहरी फन्दामा


टुडेखोज/ लहान : बलात्कारका दुई आरोपीलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोलबजार नगरपालिका १० का २१ वर्षीय दिपेन्द्र मुखियाँ छन् ।

पक्राउ परेका एक जनाको नाम प्रहरीले खुलाइएका छैन ।

भदौ १३ गते २१ बर्षीया महिलालाई मुखियालगायत ५ जनाले सामुहिक बलात्कार गरेका थिए । प्रहरीमा उजुरी परेपछि घटनामा संलग्न दुई जना पक्राउ परेका छन । अन्य तीन जना फरार छन् ।

ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले दुबैजनालाई पक्राउ गरी अनुसन्धान तथा कारबाही अगाडी बढाएको छ । फरार भएका तीन जनाको खोजी जारी राखेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ भाद्र १९, शुक्रबार १६:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ