सप्तरी : कोरोनाले एक पुरुषको ज्यान गयो, प्रहरी र कैदीमा संक्रमण पुष्टि


टुडेखोज/ जनकपुरधाम : पछिल्लो २४ घण्टामा प्रदेश २ मा दुई जनाको ज्यान गएको छ । धनुषामा एक भारतीय मजदुर र सप्तरीमा एक पुरुषको कोरोनाले ज्यान लिएको छ ।

सप्तरीको राजविराज नगरपालिका ७ का ४८ बर्षीय पुरुषको ज्यान गएको छ । यस्तै शुक्रवार सप्तरीमा ३५ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये जिल्ला प्रहरी कार्यालयका २ जना र कारागारका ६ जना कैदी समेत छन् ।

यस्तै राजविराज नगरपालिकाका १३ जना, भिमदलका ८ जना, महादेवाका २ जना, तिरहुतका १ जना र अग्निसाइर कृष्णसावरणका १ जनामा पनि कोरोना पुष्टि भएको छ ।

प्रकाशित : २०७७ भाद्र १९, शुक्रबार १८:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ