कोरोनाबाट जोगिन यदुकोहा प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग


टुडेखोज/ जनकपुरधाम : कोरोनाबाट जोगिन ईलाका प्रहरी कार्यालय यदुकोहालाई समग्र जनउत्थान केन्द्रले स्वास्थ्य तथा सरसफाइका सामग्री सहयोग गरेको छ ।

केन्द्रले युके. एड.को आर्थिक सहयोग तथा भि.एस.ओ. नेपाल र इन्टरनेशनल अलर्टको सहयोगमा सहज परियोजना कार्यक्रम अन्तर्गत यदुकोहा प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग गरिएको हो । सर्जिकल मास्क १५ सय थान, के९५ मास्क ३० थान, सेनिटाइजर जेल १ सय एमएलको ८० थान, ग्लोब्स ५० थान, ह्यान्ड वासिङ साबुन ३० थान, सेनिटाइजर डिस्पेन्सर १ थान, सेनिटाइजर जेल ५ लिटरको १ थान, फेस शिल्ड ५ थान, पिपिई ५ सेट र थर्मल गन १ थान प्रहरी निरीक्षक दिपकबाबु केसीलाई हस्तान्तरण गरिएको छ ।

कोभिड–१९ ले सृजना गरेको असहज परिस्थितिमा लैङ्गिक हिंशाका प्रभावितहरुलाई सेवा प्रवाह गर्ने इलाका प्रहरी कार्यालय यदुकोहाको सेवालाई थप सुरक्षित तवरले अगाडी बढाउन तथा सहयोग पुर्याउने उदेश्यका साथ स्वास्थ्य तथा सरसफाई सामग्री उपलब्ध गराएको समग्र जन उत्थान केन्द्र, लहानका कार्यकारी निर्देशक देबराज पोखरेलले जानकारी दिए ।

हस्तान्तरण कार्यक्रममा शहिदनगर नगरपालिका उपप्रमुख शिलादेवी कापरी, शहिदनगर नगरपालिका ३ का वडाध्यक्ष नागेन्द्र प्रसाद मण्डल, इन्टरनेशन अलर्ट सिनियर सरोज भुसाल, कार्यक्रम प्रबन्धक कृष्ण कुमार साह र सामाजिक परिचालक बलिराम कापरीको पनि उपस्थिति थियो ।

प्रकाशित : २०७७ भाद्र १९, शुक्रबार १९:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ