सप्तरीका दलित पनि आन्दोलित, राज्यले नै विभेद गरिरहेको आरोप


टुडेखोज/ लहान : विभिन्न ठाउँमा दलितमाथि भएको हत्या, हिंसा र कुटपिटको बिरुद्ध शुक्रवार सप्तरीमा दलितहरुले प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा सप्तरीको विभिन्न गाउँबाट सयौं दलित समुदायका व्यक्तिहरु आएका थिए । उनीहरुले प्रदर्शन पश्चात सुरुंगा नगरपालिकाको कडरबोना चौकमा विरोध सभा गरे । विरोध सभाको अध्यक्षता सप्तरीका संयुक्त दलित संघर्ष समितिका अध्यक्ष प्रथमलाल रामले गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि रहेका जनता समाजवादी पार्टीका नेता राजेश विद्रोहीले देशमा निरन्तर दलितमाथि भइरहेको योजनाबद्ध हत्या, हिंसा र बलात्कारको घोर भत्सर्ना गरे । उनले निरन्जन राम, विजय राम, त्रिभुवन राम, शम्भु सदा र सुकदेव मण्डलको हत्यालगायत विभिन्न ठाउँमा दलितमाथि भएको कुटपिटमा संलग्न दोषीहरुलाई प्रहरीले नै बचाउने गरेको आरोप लगाए ।

उनले सबै घटनाका दोषीलाई कानूनी दायरमा ल्याएर कडा भन्दा कडा कारबाही गन माग समेत गरे । उनले भने, ‘दलितमाथि राज्यले नै विभेद गरिदै आएको छ । राज्यले नै दोषीलाई उम्काउँछन् । त्यसैले दोषीहरुमाथि कारबाही नभएसम्म आन्दोलन जारी रहन्छ ।’

प्रकाशित : २०७७ भाद्र १९, शुक्रबार २०:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ