प्रदेश २ मा कोरोना संक्रमित ७५ वर्षीय पुरुषको ज्यान गयो


टुडेखोज/ पर्सा : प्रदेश २ मा थप एक कोरोना संक्रमितको ज्यान गएको छ । उपचारकै क्रममा पर्साका ७५ वर्षीय पुरुषको ज्यान गएको हो ।

पकहा मैनपुर गाउँपालिका २ घर भएका बैजनाथ महतोको कोरोनाले ज्यान लिएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए । उनका अनुसार शुक्रबार राति साढे ११ बजे अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा उनको ज्यान गएको छ ।

भदौ ५ मा कोरोना संक्रमण पुष्टि भएपछि उनी कोरोना अस्पताल गण्डकमा उपचारको लागि भर्ना भएका थिए । उनी निमोनियाले समेत ग्रसित थिए ।

प्रकाशित : २०७७ भाद्र २०, शनिबार ०९:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ