कोरोनाका कारण संकटमा परेका १५१ विपन्नलाई वैजनाथ साहको राहत


कुलदिप प्रेम/ जनकपुरधाम :

असहाय संरक्षण मञ्च जनकपुरले शनिवार सामाजिक दुरी कायम गरी विपन्न तथा गरिबलाई राहत वितरण गरेको छ ।

जनकचोकमा आयोजित एक समारोहबीच मञ्चका अध्यक्ष वैद्यनाथ साहले जनक चौकमा खाद्यन्न सामाग्री एक सय एकाउन्न जनालाई असहाय तथा गरीब परिवारलाई प्रदान गरे । चावल, दाल, भुजिया (मुरही), पिठो, नूनसहितका खाद्यान्न सामाग्रीहरु राहतको रुपमा गरिब विपन्नलाई प्रदान गरेको उनले बताए ।

कोरोना महामारीबाट बच्न र बचाउनका लागि सरकारले चैत्र अहिले जनकपुरमा प्रशासनले निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाका कारण मजदुरी समेत गर्न नपाउँदा न्युन वर्गका व्यक्तिहरु बढी समस्यामा रहेको भन्दै उनीहरुलाई मञ्चले निरन्तर सहयोग गर्दै आएको छ ।

यसअघि वर्षाको कारण आएको बाढीबाट जनकपुरधामकै केही वडाहरु डुबानमा परेपछि समस्यामा परेका गरीब, तथा असहायहलाई समेत असहाय संरक्षण मञ्चले त्रिपाल तथा खाद्यन्न सहयोग गरेको थियो ।

चैत्र ११ गते सरकारले लकडाउन गरियो, त्यसको केही दिनपछि गरीब तथा असहायहरुको अवस्था दयनीय बनेपछि हामीले राहत दिन थाल्यौं’, मञ्चका अध्यक्ष साहले भने, ‘प्रहरीलाई खाजा र पानीका साथै वडा वडामा गएर असहाय र तथा गरीबहरुलाई खाद्यन्न वितरण गर्दै आएका छौं ।’

प्रकाशित : २०७७ भाद्र २०, शनिबार ११:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ