जनकपुरमा ५० जनाभन्दा बढीले गरे रक्तदान


किसन साह/ जनकपुरधाम :

जनकपुरधाम उप–महानगरपालिका वडा नम्बर ७ को आयोजनामा शनिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कोरोना महामारीका कारण गरिएको निषेधाज्ञाका कारण रगतको अभाव भइरहेका कारण रक्तादान कार्यक्रम गरेको वडा अध्यक्ष जानकी राम साहले जानकारी दिए । उनका अनुसार अहिलेसम्म ५० जनाभन्दा बढीले रक्तदान गरिसकेका छन् । दिउँसो ४ बजेसम्म रक्तादान जारी रहनेछ ।

वडा ३ का अध्यक्ष दिपेन्द्र साह, वडा ७ कै सदस्यद्व सन्तोष परबरिया र मो. नाजिम हुँसैन, समाजिक अभियन्ता सरोज मिश्र लगायतले रक्तादान गरेको वडाध्यक्ष साहले जानकारी दिए ।

प्रकाशित : २०७७ भाद्र २०, शनिबार १२:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ