महोत्तरीबाट लागुऔषधसहित धनुषाका दुई युवक पक्राउ


टुडेखोज/ महोत्तरी :

लागुऔषधसहित दुई युवकलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ६ का १८ वर्षीय पारस राई र १९ वर्षीय सुजीत सदा छन् । जलेश्वर नगरपालिका २ बाट प्रहरीले राई र सदालाई शुक्रवार राति पक्राउ गरेको छ ।

उनीहरुको साथबाट २२५ पिस नाइट्राभेट ट्याब्लेट बरामद गरेको प्रहरीले जनाएको छ ।

महोत्तरी प्रहरीले दुबै जनामाथि लागुऔषध सम्बन्धी मुद्दा चलाएर आवश्यक अनुसन्धान अगाडि बढाइएको छ ।

प्रकाशित : २०७७ भाद्र २०, शनिबार १४:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ