डा. साहको मृत्यू प्रकरण : न्यायका लागि आयोगसँग परिवारको हारगुहार


टुडेखोज/ मोरङ : भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा कार्यरत डा. सुजितकुमार साह मृत्यु प्रकरणको सत्यतथ्य छानबिन गरी गराइ न्याय दिलाइ दिन उनका परिवारले माग गरेको छ ।

डा. साहकी आमा फुलकुमारी साहले आज राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ विराटनगरमा निवेदन दिएकी छन् । ‘हत्या गरेको जस्तो प्रकृति देखिएको हुँदा सो घटनाको सत्यतथ्य छानविन गरी गराई न्याय दिलाइ दिन सम्बन्धित सबै पक्षलाई हार्दिक अनुरोध गर्दछु,’ निवेदनमा उल्लेख गरिएको छ ।

उक्त निवेदन विराटनगरस्थित इन्सेक कार्यालय, एलिट क्लब, मानव अधिकार सञ्जाल, पत्रकार महासंघ मोरङ, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगर र विराटनगर महानगरपालिकालाई पनि बोदार्थ गरी पठाएको छ ।

भदौ १६ गते मंगलबार ३९ वर्षीय डा. साहले आफ्नै अपार्टमेन्टबाट हाम फालेर आत्महत्या गरेको थियो । तर उनका परिवारले हत्या भएको दावी गरेका छन् । पीडित परिवारले दिल्ली प्रहरीमा घटनाबारे एफआईआर दर्ता समेत गराएको छ ।

https://todaykhoj.com/opion/18561
प्रकाशित : २०७७ भाद्र २०, शनिबार १५:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ