जनकपुरमा करेन्ट लागेर ५५ वर्षीया महिलाको ज्यान गयो


किसन साह/ जनकपुरधाम :

धनुषामा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । जनकपुरधाम उपमहानगरपालिका ४ कटैया चौरीकी ५५ बर्षीया गम्भिरा ठाकुरको करेन्ट लागेर ज्यान गएको हो ।

घरकै कलमा लागेको मोटरबाट करेन्ट प्रवाह भई उनलाई लागेको बताइएको छ । करेन्ट लागेलगत्तै उनलाई उपचारका लागि जनकपुर ल्याउने क्रममा बाटोमै ज्यान गएको स्थानीयले जानकारी दिए ।

पछिल्लो समय जनचेतनाको अभावमा करेन्ट लागेर ज्यान गुमाउनेको संख्या बढ्न थालेको छ ।

प्रकाशित : २०७७ भाद्र २०, शनिबार १५:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ