भ्रष्ट कर्मचारी र मल ठेकेदारलाई सरकारले कारबाही नगरे हामी गर्छौ : विप्लव


टुडेखोज/ काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले भ्रष्ट कर्मचारी र ठेकेदारलाई कारबाही गर्न सरकारसँग माग गरेको छ ।

विप्लव नेकपाले शनिबार एक विज्ञप्ति जारी गर्दै मल आपूर्ति गर्ने ठेक्का लिएर पूरा नगर्ने कम्पनी एवम् ठेकेदार र रेल विभागका महानिर्देशकलाई पनि कारबाही गर्न सरकारसँग माग गरेको हो ।विप्लव नेकपाले सरकारले त्यस्ता भ्रष्ट कर्मचारी र ठेकेदारलाई कारबाही नगरे जनातको माग बमोजिम आफूहरुले कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले विज्ञप्ति जारी गरेका छन् । ‘रेल मार्ग निर्माणका नाममा अर्बौं रकमको भ्रष्टाचारको खेल गर्ने रेल विभागका महानिर्देशक र ठेकेदार गिरोहलाई सरकारले तुरुन्तै कारबाही नगर्ने हो भने जनताको आक्रोश र कारबाहीको मागको नेतृत्व नेपाल कम्युननिस्ट पार्टीले गर्ने कुरासमेत सरकार र भ्रष्टाचारी जत्थालाई पार्टीले स्पष्ट गर्दछ’, विज्ञप्तीमा भनिएको छ ।

प्रकाशित : २०७७ भाद्र २०, शनिबार १६:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ