शम्भु सदाका परिवारलाई कर्जन्हाका मेयर पासवानद्वारा आर्थिक सहयोग


टुडेखोज/ जनकपुरधाम : प्रहरी हिरासतमा मृत भेटिएका धनुषाको सबैला नगरपालिका १२ का शम्भु सदाको परिवारलाई कर्जन्हा (सिरहा)का मेयर गंगा पासवानले आर्थिक सहयोग गरेका छन् ।

शनिवार सबैलामा दलितहरुले आयोजना गरेको एक कार्यक्रममा उपस्थित भएकी शम्भु सदाका आमा सलिया देवीलाई मेयर पासवानले १० हजार रुपैया र लुगा हस्तान्तरण गरेका हुन् । यस्तै कर्जन्हा नगरपालिकाकै ९ का वडाध्यष रामबहादुर महराले पनि चामल र दाल सहयोग गरे ।

धनुषाको सबैला नगरपालिका १२ बरकुर्बाका २३ वर्षीय शम्भु सदा जेठ २७ मा इलाका प्रहरी सबैला कार्यालयमा शव झुण्डिएको अवस्थामा फेला परेको थियो । प्रहरीले उनले आत्महत्या गरेको बताएपनि दलित समुदायले भने उनको हत्या गरेको दावी गरेका छन् ।

सदाको प्रहरी कार्यालय भित्रै हत्या भएको भन्दै दोषीलाई कारबाहीको माग राखेर दलित समुदाय पटक पटक ठाउँ ठाउँमा प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित : २०७७ भाद्र २०, शनिबार १७:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ