सिरहा क्याम्पसले पनि अनलाइन कक्षा सञ्चालन गर्ने (हेर्नुस् सूचना)


टुडेखोज/ लहान : सिरहा सदरमुकामस्थित सूर्यनारायण सत्यनारायण मोरवैता यादब बहुमुखी क्याम्पस सिरहाले अनलाइन कक्षा सञ्चालन गर्ने भएको छ ।

क्याम्पस प्रमुख रामहित यादबले सूचना जारी गरेर अनलाइन कक्षा तयारी गर्नेबारे जानकारी दिएका हुन् । अनलाइन कक्षाका लागि सम्बद्ध विभागीय प्रमुख र सहायक क्याम्पस प्रमुखसँग सम्पर्क गरी आ–आफ्नो नाम, कक्षा रोल नम्बर, मोवाइल नम्बर उपलब्ध गराउन सुचना मार्फत विद्यार्थीसँग अपिल गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय र डीनको कार्यालयद्वारा सञ्चालन हुने परीक्षणहरु २०७७ मंसिरदेखि सुरु गर्ने सोच बनाएको हुनाले हालको परिस्थितिमा अनलाईन कक्षा नै प्रमुख विकल्प देखिएको सूचनामा भनिएको छ ।

कोरोना भाइरसका कारण निषेधाज्ञा जारी भएकोले बन्द भएका विद्यालय तथा क्याम्पसहरु अनलाइन कक्षा सञ्चालन गरिरहेको छ । केहि क्याम्पस र विद्यालय महिनौंदेखि अनलाइन कक्षा संचालन गरिसकेको छ ।

पछिल्लो समय सिरहा क्याम्पसले पनि अनलाइन कक्षा संचालन गर्ने तयारी गर्न लागेको छ । निषेधाज्ञा प्रशासनले जारी राखेमा परीक्षा पनि अनलाइन माध्यमबाटै लिनुपर्ने अवस्था आउन सक्ने प्राध्यापकहरु बताउँछन् ।

प्रकाशित : २०७७ भाद्र २०, शनिबार २१:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ