जनकपुरका व्यावसायीले भने- बेलुका ४ बजेसम्म बजार खोल्न दिनुस्


टुडेखोज/ जनकपुरधाम : कोरोना महामारीबाट सृजित समस्या र उधोगी व्यावसायीहरुको पीडा सम्बोधन गर्न जनकपुरधाम उधोग बाणिज्य संघले माग सरोकारबाला निकायसँग माग गरेको छ ।

संघका अध्यक्ष ललित कुमार साहको नेतृत्वमा पदाधिकारीहरुले आज मुख्यमन्त्री लालबाबु राउत र प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् । विहान १० बजेदेखि बेलुका ४ बजेसम्म बजार व्यावसाय संचालन गर्न दिनसहितका माग संघले राखेको छ ।

यस्तै औषधी, डेरी, कृषि सामग्री, मल, विउ, विजन, भेटनरी पसल, खाद्यान्न पसल किराना तथा बैंक, वित्तिय संस्थाहरु नियमित संचालन गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ । हरियो तरकारी तथा फुलफुल घुमती पसल साइकिल, ठेला, मोटरसाइकल, टेम्पुमा राखि टोल टोलमा घुमाएर विहान ५ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेपछि मात्र बेचविखन गर्ने व्यवस्था मिलाउनुपर्ने पनि माग गरेको छ ।

यस्तै कोरोना परीक्षणको दायरा बढाउन दुई वटा थप पिसिआर मेसिन तुरुन्त संचालन गर्न र कोभिड अस्पताल संचालन गर्न पनि संघले माग राखेको छ ।

मुख्यमन्त्री लालबाबु राउत र प्रमुख जिल्ला अधिकारी भट्टराईले ज्ञापनपत्र बुझ्दै संघले राखेको मागप्रति गम्भिर भई आजैदेखि कार्यान्वयण गर्ने र बजार खोल्ने समय बढाउने प्रतिवद्धता जाहेर गरेको संघका महासचिव जितेन्द्र महासेठले जानकारी दिएका छन् ।

प्रकाशित : २०७७ भाद्र २१, आईतवार १२:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ