कमला नगरपालिकामा साँसद अरगरियाले रोपे बृक्ष


टुडेखोज/ जनकपुरधाम : धनुषाको कमला नगरपालिका वडा नम्बर ६ चुम्का चौक क्षेत्रमा जसपा युवाहरुको आयोजनामा बृक्षारोपन गरिएको छ ।

धनुषा क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय साँसद उमाशंकर अरगरियाको प्रमुख आतिथ्यामा बृक्षारोपन सम्पन्न भएको हो । साँसद अरगरियाले दर्जनौं रुख रोपे । उनले सुन्दर र हराभरा वातावरणका लागि ठाउँ ठाउँमा बृक्षारोपन गर्नुपर्ने आवश्यकता औल्याए । वन विनास नरोकिए मानवको पनि विनास हुने उनको भनाई थियो ।

बृक्षारोपन कार्यक्रममा प्रदेश सांसदद्वय रामअशिष यादव र शैलेन्द्र यादव, जसपाका कमला नगरपालिका नगर अध्यक्ष मनिक लाल मण्डलसँगै छठु मण्डल, मनोज साह, इसराफिल अन्सारी, प्रमोद अधिकारी, लक्ष्मेशवर यादव लगायतका नेता कार्यकर्ताको उपस्थितिमा थियो ।

प्रकाशित : २०७७ भाद्र २१, आईतवार १८:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ