प्रदेश २ मा फेरी एक कोरोना संक्रमित पुरुषको ज्यान गयो


टुडेखोज/ सर्लाही

प्रदेश २ मा फेरी एक कोरोना संक्रमित पुरुषको ज्यान गएको छ । सर्लाहीको चक्रघट्टा गाउँपालिका ३ का ३८ वर्षीय एक पुरुषको ज्यान गएको हो ।

दुई साताअघि स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि उनी वीरगन्जस्थित नारायणी अस्पतालमा भर्ना भएका थिए । १० दिन अगाडी कोरोना परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो । उनी मधुमेहका बिरामी समेत थिए ।

मृतकको शव उनकै गाउँ सुन्दरपुरदेखि पश्चिमपट्टि रहेको लखन्देही खोलाको घाटमा नेपाली सेनाले व्यवस्थापन गर्ने बुझिएको छ । योसँगै सर्लाहीमा कोरोनाले ज्यान गुमाउनेको संख्या ४ पुगेको छ ।

प्रकाशित : २०७७ भाद्र २१, आईतवार २०:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ