मौसम अडेट : प्रदेश २ सहितका केहि ठाउँमा भारी वर्षाको सम्भावना


टुडेखोज/ काठमाडौं : आज सोमबार पनि देशका विभिन्न स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले अहिले बिहान पनि गण्डकीदेखि पूर्व केही स्थानमा हल्कादेखि भारीसम्म वर्षा भइरहेको छ । यस्तै आज दिउँसो पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

साथै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार राति पनि देशभर सामान्यतया बदली रही थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

यस्तै प्रदेश १ , बागमती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाले सोमबार बिहान ६ बजे मौसम पूर्वानुमान बुलेटिनअन्तर्गत आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ ।

जसमा भनिएको छ, ‘प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’

प्रकाशित : २०७७ भाद्र २२, सोमबार ०९:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ