कोरोना भाइरसले सिरहाका ग्याँस व्यापारीको ज्यान लियो


टुडेखोज/ जनकपुरधाम : सिरहाका एक पुरुषको कोरोना भाइरसले ज्यान लिएको छ । मिर्चैया नगरपालिका वडा नम्बर ५ घर भएका ६२ वर्षीय पुरुषको आइतबार राती ज्यान गएको हो ।

आइतबार दिउँसो प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना गरिएका उनको राती नै ज्यान गएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए । उनका अनुसार मृतकमा ज्वरो र श्वासप्रश्वासको समस्या देखिएको थियो ।

ती पुरुष मधुमेह र निमोनियाबाट ग्रसित भएको बताइएको छ । मृतक मिर्चैयामा ग्याँस पसल संचालन गरेको थिए ।

प्रकाशित : २०७७ भाद्र २२, सोमबार १०:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ