जनकपुर : हेलमेट प्रयोग नगरी स्कुली चलाउने प्रहरीलाई २५ दिनपछि कारबाही


टुडेखोज/ जनकपुरधाम : हेलमेट नलगाएर स्कुटी चलाउने नेपाल प्रहरीमा कार्यरत एक महिलालाई २५ दिनपछि आईतवार कारबाही गरिएको छ ।

महिला प्रहरी जवान आश्मा कार्कीले हेलमेट नलगाई स. १० प. ३४३७ नम्बरको स्कुटी चलाएकी थिइन् । साउन २९ मा उनको फोटो टुडेखोज डटकमका पत्रकार किसन साहले सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए ।

धनुषाका ट्राफिक प्रमुख तथा इन्सपेक्टर पशुराम घिमिरेले हेलमेट प्रयोग नगरी स्कुटी चलाएको थाहा पाएपछि ट्राफिक जवान कार्कीलाई कारबाही गरेको जानकारी दिए । उनलाई ५ सय रुपैया जरिबाना गरेको इन्सपेक्टर घिमिरेको भनाई छ ।

प्रकाशित : २०७७ भाद्र २२, सोमबार १४:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ