नेपालमा कोरोना संक्रमणबाट पत्रकारको ज्यान गयो, छोरामा पनि संक्रमण पुष्टि


टुडेखोज/ कपिलवस्तु : कोरोना भाइरसको संक्रमणबाट नेपालमा एक जना पत्रकारको ज्यान गएको पुष्टि भएको छ ।

कपिलवस्तुका ६२ वर्षीय पत्रकारको मृत्यूपछि कोरोना संक्रमण पुष्टि भएको हो । रुघाखोकी जस्तै लक्षण देखिएको र स्वास लिन समस्या भएको अवस्थामा उनको घरमै ज्यान गएको थियो ।

मृत्युपछि उनको स्वाब संकलन गरेर लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा पठाइएको र बेलुकी रिपोर्ट पोजेटिभ आएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ । उनको शव नेपाली सेनाले व्यवस्थापनको गर्ने बताइएको छ ।

मृतक पत्रकार मिर्गौलाको समस्या, सुगर र उच्च रक्तचापबाट पीडित थिए । उनको छोरामा समेत कोरोना पुष्टि भएको छ । उनलाई आइसोलेसनमा राखिएको छ ।

प्रकाशित : २०७७ भाद्र २२, सोमबार २१:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ