टुडेखोज/ जनकपुरधाम : धनुषामा बलात्कारका आरोपमा पक्राउ परेका दुई युवकलाई प्रहरीले छाडेको रहस्य खुलेको छ । आरोपी छाडेपछि प्रहरीमाथि आर्थिक चलखेलको आरोप लागेको हो ।
जनकपुरधाम उपमहानगरपालिका २१ की १७ वर्षीया बालिकाको घरमै आएर भदौ २१ गते राति बलात्कार केहि व्यक्तिले बलात्कार गरे । उक्त घटनामा संलग्न रहेको भन्दै कुर्थाका २० वर्षीय अजय राय अमात्य र २२ वर्षीय राकेश खत्वे मंडललाई स्थानीयले नियन्त्रणमा लिएर कुर्था प्रहरीलाई बुझायो । तर अनुसन्धान नै नगरी उनी दुबै जनालाई प्रहरीले छाडेको पीडित परिवारको आरोप छ ।
यता, कुर्था प्रहरी चौकीका इन्चार्ज असई रजनिश साहले अनुसन्धान गर्दा उनी दुई जना सहयोग गरेपनि बलात्कार नगरेको देखिएपछि जमानतमा छाडेको बताए । उनले भने, ‘उनी दुबैजनालाई जिल्ला प्रहरी कार्यालयले झिकाउन आदेश दिएपछि जुनसुकै बेला हाजिर गराउछुृ ।’
घरमा आमा–बुवा नातेदारको घर महोत्तरी गएको मौका छोपेर केहि व्यक्तिले ति बालिकालाई बलात्कार गरेका थिए घरमै पसेर । पीडित बालिकाले भनेअनुसार हात खुट्टा समातेर तीन जनाले बलात्कार गरेका थिए ।