ब्रेकिङ : अभिनेत्री रिया चक्रवर्ती गिरफ्तार


बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणमा नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)को टोलीले अभिनेत्री रिया चक्रवर्तीलाई गिरफ्तार गरेको छ ।

अभिनेत्री चक्रवर्तीलाई एनसीबीको टोलीले लगातार तीनदिन अनुसन्धान तथा वयान लिए । वयान सकेपछि उनलाई गिरफ्तार गरेको भारतीय टेलिभिजन आजतकले जनाएको छ । चक्रवर्तीलाई लागुऔषध मुद्दामा गिरफ्तार गरेको बताइएको छ ।

यसअघि अभिनेत्री रिया चक्रवर्तीका भाइ शौविक चक्रवर्ती र सुशान्त सिंह राजपूतका म्यानेजर रहेका सैमुएल मिरान्डालाई गिरफ्तार गरिएको थियो । एनसीबीले ड्रग्सको लेनदेनका विषयमा दुबै जनालाई गिरफ्तार गरेको थियो ।

सुशान्त सिंह राजपूतको मृत्युको अनुसन्धान भने सीबीआईले गरिरहेको छ । सीबीआईको जाँचमा ड्रग्सको कारोबारमा जोडिएका केही नाम सार्वजनिक भएका थिए र लगत्तै एनसीबीले छानबिन अघि बढाएको थियो ।

प्रकाशित : २०७७ भाद्र २३, मंगलवार १६:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ