सर्लाहीमा निषेधाज्ञा हटेपछि सरकारी कार्यालयहरु संचालनमा आयो


टुडेखोज/ सर्लाही : स्थानीय प्रशासनले सर्लाहीमा गरेको निषेधाज्ञाका कारण करिब एक महिनादेखि बन्द रहेको सरकारी कार्यालयहरु मंगलवारबाट संचालनमा आएको छ ।

कोरोना संक्रमण समुदाय स्तरमा फैलिन थालेपछि गत साउन २६ गतेदेखि सर्लाहीमा निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञाका कारण सरकारी कार्यालयका अत्यावश्यक बाहेकका अन्य सेवा बन्द भएको थियो । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार सोमबारबाट निषेधाज्ञा हटाइएसँगै सरकारी कार्यालयहरु संचालनमा आएको छ ।

जिल्ला प्रशासन, ईलाका प्रशासन, मालपोत र नापी कार्यालयले एक दिन एउटा पालिका र अर्को दिन अर्को पालिका अर्थात गाउँपालिकारनगरपालिका छुट्याएर पालैपालो सेवाग्राहीहरुलाई सेवा दिने जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

सदरमुकाम मलंगवास्थित जिल्ला मालपोत कार्यालयका केही कर्मचारीलाई कोरोना संक्रमण देखिएकाले सीमित कर्मचारी राखेर सेवा सुचारु गर्ने कार्यालय प्रमुख गोपाल प्रसाद बरालले जानकारी दिए ।

प्रकाशित : २०७७ भाद्र २३, मंगलवार १७:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ