सिरहामा मारुती सिमेन्ट उधोग अगाडी धर्ना, यस्तो छ माग


टुडेखोज/ लहान : सिरहाको चोहर्वास्थित मारुती सिमेन्ट उद्योगले गर्ने फोहोर र जग्गा अतिक्रमण विरुद्ध स्थानीय आन्दोलित भएका छन् ।

बुधवार विहान एक घण्टा उधोगकै अगाडी स्थानीयले धर्ना समेत बसे । सिमेन्ट उधोगले गोरखधन्दा चलाएको भन्दै आन्दोलनका लागि संघर्ष समिति गठन गरिएको छ । धर्नामा बसेकाहरुले आज उधोग विरुद्ध नाराबाजी समेत गरेका छन् ।

यसअघि सोमबार पनि उधोग विरुद्ध प्रदर्शन भएको थियो । आज समितिको बैठक बसेर थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बुझिएका छ । उधोगले अतिक्रमण गरेको करिब साढे ३ विघा जग्गा फिर्ता र धुलो धुवा नियन्त्रण गर्नुपर्ने समितिको मुख्य माग छ ।

प्रकाशित : २०७७ भाद्र २४, बुधबार १४:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ