प्रदेश २ : खोलामा आएको बाढीले ७० वर्षीय बृद्धलाई बगायो


टुडेखोज/ जनकपुरधाम : खोलामा आएको बाढीले बगाउँदा सर्लाहीका एक बृद्धको मृत्यु भएको छ । सर्लाहीको लखन्देही खोलामा आएको बाढीले बगाउँदा कविलासी नगरपालिका ४ हेमपुरका ७० वर्षीय सियाराम रायको मृत्यु भएको हो ।

हेमपुरबाट टिकुलियातर्फ जानका लागि खोलापार गर्ने क्रममा ति बृद्धलाई बाढीले बगाएको प्रहरीले जनाएके छ । बरहथवा नगरपालिका १८ श्रीपुर गाउँभन्दा पश्चिम लखन्देही खोलाले मंगलबार साँझ ती वृद्धलाई बगाएको थियो ।

चुरे क्षेत्रमा केही दिनदेखि लगातार भइरहेको वर्षाले बाग्मती, लखन्देही, कालिन्जोर, फूलजोर, बाँके जस्ता खोलाहरुमा बाढी आएको छ ।

प्रकाशित : २०७७ भाद्र २४, बुधबार १५:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ