पानी छोएको भन्दै दलित बालिकामाथि निर्घात कुटपिट, प्रहरीमा पर्यो उजुरी


टुडेखोज/ सुनसरी : पानी छोएकै निहुँमा एक दलित बालिकालाई निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको छ । मोरङको उर्लाबारी ४ की १२ वर्षीया बालिका फुलसरी मंग्रान्तीमाथि निर्घात कुटपिट भएको हो ।

छिमेकी नन्दलाल श्रेष्ठ, उनकी पत्नी निर्मला र छोरा अम्बिरले बालिकालाई कुटपिट गरेको बताइएको छ । फ्रिजबाट पानी निकालेको निहुँमा कुटपिट गरिएको बालिकाकी भाउजु दुर्गाकुमारी रोकाले जानकारी दिइन् ।

आमा सानैमा छोडेर अर्कोसँग हिँडेकी र बुवा बेपत्ता भएकी फुलसरीलाई दुर्गाले नै डेढ बर्षदेखि आश्रय दिइरहेकी छिन् । श्रेष्ठले दलित बालिका घरभित्र पसेको भन्दै सोमबार निर्घात कुटपिट गरेका उनले बताइन् ।

कुटपिटबाट बालिकाको शरीरभरि नीलडाम छ । दुर्गाले जातीय विभेद गरेर कुटपिट गरेको भन्दै इलाका प्रहरी कर्यालय उर्लाबारीमा किटानी जाहेरी दिएकी छन् ।

प्रकाशित : २०७७ भाद्र २४, बुधबार १६:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ