प्रदेश २ मा बुधवार कुन जिल्लामा कति कोरोना संक्रमित थपिए (हेर्नुस् पुरा विवरण)


टुडेखोज डेस्क/ जनकपुरधाम :

प्रदेश २ मा बुधवार १६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै यस प्रदेशमा संक्रमितको संख्या ११ हजार ५३९ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३१ म्हिला र १३८ पुरुष गरी कुल १६९ जनामा कोरोना पुष्टि भएको छ । सबभन्दा बढी बुधवार सिरहामा ६७ कोरोना संक्रमित थपिएका छन् ।

यस्तै धनुषामा ३ जना, महोत्तरीमा २ जना, बारामा १४ जना, पर्सामा ६ जना, सर्लाहीमा ५ जना, रौतहटमा ३८ जना र सप्तरीमा ३४ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा यस प्रदेशमा कोरोनाका कारण कसैको ज्यान गएन । मन्त्रालयका अनुसार ५८ जना संक्रमित निको भएर घर फर्केका छन् । जसमध्ये ५ जना महिला रहेका छन् ।

हेर्नुस् पुरा डिटेल :

प्रकाशित : २०७७ भाद्र २४, बुधबार १८:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ