प्रदेश २ : १६५ किलो गाँजासहितको कार छाडेर भागेका चौधरी पक्राउ


टुडेखोज/ बारा : दुई सता अगाडी १६५ किलो प्रतिबन्धित गाँजासहितको कारमा छोडेर फरार भएका एकजनालाई पक्राउ बारा प्रहरीले पक्राउ गरेको छ ।

कोल्हवी नगरपालिका ५ सोनाभार टोलमा बस्ने २२ वर्षिय शनी भनिने गौरीशंकर चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । उनी कारका चालक रहेको प्रहरीले जनाएको छ ।

बाराका प्रहरी नायब उपरीक्षक गौत्तम मिश्रका अनुसार गत भदौ १५ गते कोल्हवी नगरपालिका ९ श्रीपुरमा बिहान साढे ४ बजे प्रहरीको चेकिङ देखेर चालक चौधरी गाँजा सहितको कार नै छोडेर भागेका थिए ।

पक्राउ परेका चौधरीमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । गाँजा र कार कसको रहेको विषयमा केहि खुल्न सकेका छैन ।

प्रकाशित : २०७७ भाद्र २४, बुधबार १९:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ