कुलमानको कार्यकाल २ वर्ष थप्ने तयारी !


काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको कार्यकाल थप गर्ने प्रस्ताव बिहीबारको मन्त्रिपरिषद्मा पेश हुने भएको छ।

ऊर्जामन्त्री वर्षमान पुनले कार्यकाल थपसम्बन्धी प्रस्ताव बिहीबारको मन्त्रिपरिषद्मा पेश गर्न लागेका हुन् । ‘ऊर्जा मन्त्रीले उहाँ (कुलमान) को कार्यकाल थप गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजानु हुन्छ’, पुनका प्रेस संयोजक दयानिधी भट्टले भने, ‘सम्भवत् बिहीबारको मन्त्रिपरिषदबाट निर्णय हुन्छ ।’

खुला प्रतिस्पर्धाबाट चार वर्षका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुख भएका कुलमानको म्याद यही भदौ २९ गते सकिँदैछ ।स्रोतका अनुसार कुलमानको म्याद थपका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि प्रधानमन्त्री केपी ओलीसँग कुराकानी गरिसकेका छन् ।

कुलमानलाई प्रचण्डले आफ्नो सरकारको पालामा विद्युत प्राधिकरणको जिम्मा दिएका थिए । प्रचण्डले नै ऊर्जामन्त्री वर्षमान पुनलाई कुलमानको म्याद थपको प्रस्ताव अगाडि बढाउन निर्देशन दिएको स्रोतले बतायो ।

सेतोपाटी

प्रकाशित : २०७७ भाद्र २४, बुधबार २०:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ