सिराहा कारागारमा रहेका ५९ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि


रामभरोसी यादव/ सिरहा :

सिराहा कारागारमा रहेका ५९ कैदीबन्दीमा कोरोना पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिराहाका अनुसार  कोरोना परीक्षण रिपाेर्टले कारागारका ५९ कैदीबन्दीसहित ६६ जनामा कोरोना पुष्टि गरेको हो ।

जिल्ला स्वास्थ्य कार्यालय सिराहाका अनुसार बुधबार आएको कोरोना परीक्षण रिपाेर्टले कारागारका ५९ कैदीबन्दीसहित ६६ जनामा कोरोना संक्रमित भएका छन् । कार्यालयका अनुसार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट प्राप्त रिपोर्टमा कारागारका ५९ जना कैदीबन्दीमध्ये सबै पुरुष  रहेकोे छ ।

चोहर्वास्थित शेरगन नेपाली सेनाका ७ जना गरी ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि भएकाहरू २० देखि ५८ वर्ष उमेर समूहका ६५ पुरुष र एक महिला रहेको स्वास्थ्य कार्यालय प्रमुख कृष्णदेव यादवले बताए ।

कैदीबन्दीमा कोरोना पुष्टि भएकोछी जिल्ला कारागारमा कैदि बन्दि हरुखैला बैला मचेको जिल्ला कारागाका सिरहाकि प्रमुख बबिता महतोले बताइन् ।  जेलर महतेाले  कोरोना पुष्टिका कैदीबन्दीलाइ जिल्ला कारागारभित्रै रहेको आइसोलेसनमा राखेको जानकारी दिइन् ।

सिराहा कारागारमा रहेका पाचसय ९४ जना कैदी बन्दी मधे ८० जनाकेा पिसिआर जाँच गराउंदा ५९ कैदीबन्दीमा कोरोना पुष्टि भएको छ । जस्मा ३४ जना कैदी र २५ जना थुनुवा रकेका छन् ।

प्रकाशित : २०७७ भाद्र २५, बिहीबार ०९:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ