प्रदेश २ : यादव थरकी किशोरीलाई भारत लैजान लागेका ६ जना पक्राउ


टुडेखोज/ रौतहट : एक किशोरीलाई भारततर्फ लगिरहेका ६ युवकलाई सीमावर्ती क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मौलापुर नगरपालिका ८ का २० वर्षीय अनिल पटेल, २० वर्षीय दीपेन्द्र पटेल, वडा ५ मौलापुरका १९ वर्षीय अरविन्द ठाकुर, २० वर्षीय धनञ्जय तिवारी, १७ वर्षीय दीपेश यादव र २२ वर्षीय रामबालक पटेल छन् । यस्तै फतुवा विजयपुर नगरपालिका ५ की यादव थरकी १८ वर्षीया किशोरीलाई पनि नियन्त्रणमा लिएको रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए ।

प्रहरीचौकी नरकटियाका प्रहरी सहायक निरीक्षक मेरालाल प्रसाद गुप्ताको नेतृत्वमा गएको गस्ती टोलीले उनीहरुलाई परोहा नगरपालिका ७ चिरान चोकबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ परेका युवकहरुले किशोरीलाई ललाइफकाई राति करिब १ बजेतीर भारत लग्ने प्रयास गरेका थिए ।

प्रहरीले बिआर ०५ डी ६०३८ र ना६३ प ४७९९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । सातै जना जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ भाद्र २५, बिहीबार १०:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ