धनुषा : भ्रष्टाचार गरेको भन्दै वडाध्यक्ष साहको घर घेराउ


टुडेखोज/ जनकपुरधाम : सडक निर्माणको रकम भ्रष्टाचार गरेको भन्दै धनुषाको लक्ष्मीनिया गाउँपालिका ७ का वडाध्यक्ष गंगा साहको घर घेराउ गरिएको छ ।

विहिवार विहानैदेखि वडाध्यक्ष साह घरको अगाडीका सडकमा ट्याक्टर तेर्साएर स्थानीयले आन्दोलन गरेका छन् । घर अगाडीकै सडकमा ट्याक्टर तेर्साएपछि वडाध्यक्ष परिवार घरमै थुनिएका हुन् । स्थानीयले वडाध्यक्ष घरका कसैलाई पनि सडकमा निस्किन दिएका छैन ।

वडाध्यक्ष घर अगाडीको सडक समेत अवरुद्ध गरिएको छ । स्थानीय सतिश झाले वडाध्यक्ष साह भ्रष्टाचार गरेर सम्पर्क विहिन भएका कारण घर घेराउ गरिएको बताए । टुडेखोजसँग उनले भने, ‘१५ मिटर सडकमा पिसीसी ढलानका लागि रकम निकासा गरेका छन् । तर सडक भने निर्माण भएन । बाध्य भएर आफुहरु आन्दोलनमा उत्रेका छौं ।’

लक्ष्मीनिया गाउँपालिका वडा ७ मा गुलगेन साहको घरदेखि मुकेश झाको घरसम्म सडक पिसीसी ढलानका लागि वडाध्यक्षले ५ लाख निकासा लिएको बताइएको छ । तर वडाध्यक्षले सडकमा मात्र एक टिपर ग्राभेल खसाएका हुन् । त्यसबाहेक केहि गरेका छैन । सबै रकम वडाध्यक्षले भ्रष्टाचार गरेको स्थानीयको आरोप छ ।

प्रकाशित : २०७७ भाद्र २५, बिहीबार १२:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ