जितियाको मुख्य दिन : मधेसका गाउँ-गाउँमा पुजापाठ, मेला भने नलाग्ने !


टुडेखोज/ लहान : आज जितिया पर्वको दोस्रो दिन अर्थात् मुख्य दिन । निकै रमझमका साथ मनाइने यो पर्वमा यस वर्ष खासै उल्लास छैन ।

कोरोनाको प्रकोपका कारण मधेसी महिला घरमै बसेर जितिया मनाइरहेका छन् । जितिया पर्वको अवसरमा मधेसका गाउँ गाउँमा मेला लाग्थ्यो । यसवर्ष कोरोनाका कारण जिमुतवाहनको मुर्ती गाउँगाउँमा बनाएर पूजापाठ गरिएको छ । मेला भने लाग्ने छैन ।

सिरहाको औरही गाउँपालिका ५ का वडाध्यक्ष दिलिप यादबले हरेक वर्ष जितिया मेलाको आयोजना गर्छ । हुन त यसवर्ष पनि घरमै जिमुतवाहनको मुर्ती बनाएर पुजापाठ उनले गरे । तर कोरोना फैलिन नदिन मेलाको आयोजना गरेका छैन ।

थारु समुदायमा सामूहिक रुपमा झाम्टा नाँच नाच्दै गाउँदै जितिया मनाउने चलन छ । तर उनीहरु पनि यसवर्ष घरमै बसेका छन् । यसपटक बिहान दर खाएपछि महिला एक ठाउँमा गीत गाउँदै रमाइलो गर्न पाएनन् ।

अविवाहितले राम्रो वर पाउन र विवाहितले आफ्नो श्रीमान् र सन्तानको दीर्घायुको कामना गर्दै ब्रत बस्ने गर्छन् । जितिया ब्रत बस्दा ३६ घण्टा निराहार रहनुपर्ने भएकाले यसलाई कठोर ब्रत भन्ने गर्छ ।

प्रकाशित : २०७७ भाद्र २५, बिहीबार १३:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ