मल र सुर्तीसहित दुई जना पक्राउ, कारबाहीका लागि लहान पठाइयो


टुडेखोज/ उदयपुर : राजस्व छलेर ल्याएको भन्दै मल र सूर्तीजन्य बस्तुसहित दुई जनालाई उदयपुर प्रहरीले पक्राउ गरेको छ ।

४० बोरा युरिया मल र ५ बोरा सुर्तिसहित सिन्धुली दुधौली नगरपालिकाका देवचन कुमर र दुधौली नगरपालिका ११ का अजित कुमार खडका पक्राउ गरिएको प्रहरीले जनाएको छ । सिराहा मिर्चैयाबाट कटारीतर्फ पिकअपमा लुकाइ छिपाई लैजाने क्रममा उनीहरु समानसहित पक्राउ परेका हुन् ।

अनुसन्धानपछि गाडीसहित दुबैलार्इ आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय लहान पठाइएको उदयपुर प्रहरी प्रमुख भिम बहादुर दाहालले जानकारी दिए ।

प्रकाशित : २०७७ भाद्र २५, बिहीबार १४:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ