समाचारको प्रभाव : क्रसर माफियालाई ४० हजार जरिवाना, तटबन्ध पुनः बनाइदिने


सुरेन्द्र सिंह/ जनकपुरधाम : महोत्तरीको बर्दिबास नगरपालिकामा पर्ने रातु खोलाको तटबन्ध भत्काएर बाटो बनाएका सुमित बालुवा प्रशोधन उधोग प्रालीलाई कारबाही गरिएको छ ।

बर्दिबास नगरपालिकाले उक्त उधोगसँग ४० हजार रुपैया जरिबाना असुल्ने शर्तनामा कागज गराएका हुन् । उधोगका संचालक बिनोद साहका प्रतिनिधि सुनिल कुमार साहले शर्तनामा कागजमा हस्ताक्षर गरेका छन् ।

उक्त उधोगले नदीबाट अवैध रुपमा उत्खनन गर्ने बालुवा गिट्टी ढुवानी गर्न तटबन्ध भत्काएको थियो । उक्त समाचार टुडेखोज डटकमले प्रकाशित गरेपछि उधोगलाई नगरपालिकाले जरिवाना असुल्ने भएको छ । साथै भत्काएको तटबन्ध समेत तीन दिनभित्र पहिलेको जस्तो बनाइदिने उधोगका प्रतिनिधि साहले कागज गरिदिएका हुन् ।

अब उपरान्त गैरकानुनी रुपमा बालुवा गिट्टी उत्खनन र तटबन्ध नभत्काउने समेत प्रतिवद्धता उधोगको तर्फबाट साहले गरेका छन् । उधोगले करिब १५ लाखको लागतमा निर्माण गरेको ४५ मिटरको तटबन्ध भत्काएको छ ।

प्रकाशित : २०७७ भाद्र २५, बिहीबार १७:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ