भारतीय दुतावासको गम्भिर लपारवाही : गरिब विद्यार्थीको भविष्यसँग खेलवाड !


काठमाडौं : नेपालस्थित भारतीय दुतावासले ‘कम्पेक्स २०२० छात्रवृत्ति योजना’ अन्तर्गतको परिक्षामा गम्भिर त्रुटी गरेको पाइएको छ ।

भदौ २३ र २४ गते लिएको परिक्षामा खुलेआम चोरी भएको तथ्यहरु सार्वजनिक भएको छ । यस वर्ष २५० देखी ३ सय विद्यार्थीलाई दिइने उक्त छात्रवृत्ति दुतावासले गरिवलाई भन्दा हुने खाने (धनी)लाई नै दिन लागेको छ ।

स्नातक पढ्ने नेपाली विद्यार्थीलाई दिइने छात्रवृत्तिमा विगतको इतिहासमा केन्द्रीय आधारमा लिने गरेको परिक्षा भएतापनि यसवर्ष विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरी अनलाईन बेसमा गरिएको परिक्षामा त्रुटी नै त्रुटी भएको पाइएको छ ।

दुतावासद्वारा अनलाईन परिक्षाको माध्यमबाट गरिएको परिक्षामा पूर्ण रुपमा वेब क्यामराको नियन्त्रणमा रही गरिनुपर्ने स्पष्ट प्रवाधान छ । तर परिक्षा लिने दुतावासले नै निर्माण गरेको नियमलाई लत्याउँदै परिक्षा लिएको छ । जसले गर्दा गरिव तथा जहेन्दार विद्यार्थीको भाग्य र भविष्यमाथि खेलवाड भएको छ ।

परिक्षालाई पूर्ण रुपमा दुतावसले तोकेको व्यक्ति वा संस्थाको निगरानिमा गर्नुपर्ने र विद्यार्थीले परिक्षा दिँदाको समायवधिको बीचमा कोही आफन्त र वा अन्य कुनै पनि व्यक्ति उक्त विद्यार्थी रहेको कोठमा समेत रहन नपाउने मापदण्ड बनाएको छ । सो मापदण्डलाई लत्याउँदै प्रश्नपत्र आउट गरी आफन्त वा शिक्षकलाई प्रश्नपत्र पुर्याई शिक्षकले उत्तर तयार गरी विभिन्न सामाजिक सञ्जालका ग्रुपहरुमा पठाई परिक्षा लिएको खुल्न आएको छ ।

शिक्षक उत्तर तयार पारी विद्यार्थीलाई कुनै न कुनै माध्यमबाट व्यवस्था गरेको र सोही उत्तर पुस्तीकालाई अनलाईनको माध्यबाट निकट विद्यार्थीले अपलोड गरी वास्तविक गरिव तथा जेहेन्दार विद्यार्थीले पाउने छात्रवृत्ति भन्दा पहुँचका भरमा परिक्षा दिई आफैले तयार पारेको नियमलाई दुतावासले लत्याएको छ ।

भद्रगोल परीक्षाबाट के प्रष्ट बुझ्न सकिन्छ भने दु्तावासले लिएको अनलाईन परिक्षामा चिट चोरेर दिएको र उक्त छनौट प्रकृयामा गम्भिर त्रुटी रहेको छ । फोन चलाउन नपाउने स्पष्ट व्यवस्था गरेतापनि खुलेआम फोन चलाएको देखिएको छ । तर पनि दुतावासले उक्त परिक्षा स्थगीत किन गरेन ? यो प्रश्न आम गरिव तथा जेहिन्दार विद्यार्थीमा खड्कीएको छ ।

प्रकाशित : २०७७ भाद्र २५, बिहीबार १७:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ