प्रदेश २ मा बिहिवार कहाँ कति कोरोना संक्रमित थपिए ? हेर्नुस् पुरा विवरण


टुडेखोज डेस्क/ जनकपुरधाम : विहिवार प्रदेश २ मा १२६ कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार २४ महिला र १०२ पुरुष संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा सबभन्दा बढी सर्लाहीमा ४२ जनामा कोरोना पुष्टि भएको छ । यस्तै सप्तरीमा १५ जना, रौतहटमा २ जना, पर्सामा ९ जना, बारामा १५ जना, सिरहामा २१ जना र धनुषामा २२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा यस प्रदेश २ मा एक जनाको कोरोनाकै कारण ज्यान गएको छ । ज्यान जानेमा धनुषाको औरही गाउँपालिका १ पुरनदैयाका ६० वर्षीय पुरुष छन् ।

विहिवार ३०६ जना कोरोना संक्रमित निको भएका छन् । जसमध्ये २१७ पुरुष र ८९ महिला रहेको मन्त्रालयका निमित्त निर्देशक विजय कुमार झाले जानकारी दिए ।

हेर्नुस् पुरा विवरण :

CamScanner 09-10-2020 16.38.50
CamScanner 09-10-2020 16.38.50
प्रकाशित : २०७७ भाद्र २५, बिहीबार १८:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ